१४ सय कोठाभाडा नदिएको भन्दै घरबेटीबाट डेरामा बस्नेको हत्या

२५ माघ, काठमाडौं । कोठाभाडाको १४ सय रुपैयाँ नदिएको भन्दै पाल्पामा एक डेरावालको हत्या भएको छ ।

हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी छन् । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए ।

मल्लका अनुसार मासिक ५ सय रुपैयाँ कोठाभाडा बुढाथोकी विष्टको घरमा बस्दै आएका थिए । तानसेन नगरपालिका–११ स्थित विष्टको घरमा बसेका बुढाथोकीको बुधबार हत्या भएको थियो ।

‘१४ सय कोठाभाडा नदिएको विषयमा विवाद भएपछि हसियाँले हानेर हत्या गरेको देखिन्छ । पक्राउ परेका घरबेटी बिष्टले मादक पदार्थ समेत सेवन गरेका रहेछन्’ डीएसपी मल्लले भने ।

कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत पाल्पाबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours