परराष्ट्र मन्त्री आरजु राणा र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

०३ भदाै, काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्री राणा भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी छिन्।

दुई समकक्षीबीचको वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज समेत आयोजना गरेका छन्।

RSS Error: https://en.digitalkhabar.com/feed/ is invalid XML, likely due to invalid characters. XML error: Invalid document end at line 2, column 1

You May Also Like

More From Author

+ There are no comments

Add yours