Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आज राष्ट्रगुरु नरहरि नाथको जन्मदिन

0 498


बिनोद भण्डारी
१७ फागुन, कालिकोट । आजको दिन राष्ट्रगुरु योगी नरहरि नाथको जन्म जयन्ती परेको छ । उनको जन्मदिनको उपलक्ष्यमा देश भरिका उनका समर्थनले विशेष रुपमा जन्म जयन्ती मनाएका छन् ।


नेपालका हिन्दु राष्ट्रगुरु योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गतेका दिन कर्णाली अञ्चलको कालीकोट जिल्लास्थित लालू गाउँमा भएको थियो ।

उहाँका पिताको नाम ललितसिंह थापा र माताको नाम गौरीदेवी थापा हुन । योगीजीको बाल्यकालको नाम बलवीरसिंह थापा थियो ।

Subscribe to our newsletter

वि.सं. १९८१ मा जुम्लास्थित सिद्ध चन्दननाथ मन्दिरका तत्कालीन मठाधीश योगी छिप्रानाथ महाराजले बलवीरसिंह थापालाई गोरक्षनाथ सम्प्रदायमा दीक्षित तुल्याई कानमा दर्शनी (कुण्डल) र गैरिक वस्त्र पहि¥याइदिएपछि उहाँको नाम योगी नरहरिनाथ राखिएको थियो ।


स्थानीय बुढा पाखाका अनुसार उनले हजारौं कृति रचना गरेका तर ती कृतिहरुको आवश्यक सोधखोज नहुदा उनका कृति ओझेलमा परेका बताउछन ।


उनी नेपाली साहित्यमा लक्ष्मिप्रसाद देवकोटा पछि धेरै नेपाली साहित्य रचना गर्ने साहित्यकार हुन सक्ने कतिपय जानकार बताउछन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.