१० मंसिर, काठमाडौँ । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका विभिन्न जिल्लामा भने बिहानको समयमा हुस्सु तथा तुवाँलो देखिएको छ।
महाशाखाका अनुसार बाँके, दाङसहित तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ। अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने देशका बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।
यसैबीच, भोलि बिहान काठमाडौँ उपत्यका तथा विभिन्न खोँचका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।


+ There are no comments
Add yours