२४ असाेज, काठमाडौँ। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन। सभापति पदको निर्वाचनमा ६ हजार ५८४ मत प्राप्त गर्दै थापा विजयी भएका हुन। निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन।
सभापति चयनका लागि भएको निर्वाचनमा कुल ७ हजार १३ जनाले मतदान गरेका थिए। प्राप्त मतपरिणामअनुसार थापा भारी मतान्तरले कांग्रेसको सभापतिमा निर्वाचित भएका छन।



+ There are no comments
Add yours