‘कलाकारिता र नयाँ पुस्ताको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी

२३ असाेज, काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार तथा लोकदोहोरी गायक प्रकाश कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा कलाकारिता क्षेत्र र नयाँ पुस्ताको प्रतिनिधित्व स्थापित गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् ।

पेशागत विषयगत क्षेत्र खुलातर्फ उम्मेदवारी दिएका कटुवालले आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । उक्त समूहका पाँच पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्षसमेत रहेका कटुवाल रामेछाप क्षेत्र नम्बर १ बाट ४८० मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । उनी उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा पनि कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

कटुवालले कलाकारिता क्षेत्रका समस्या र सरोकारलाई पार्टीको नीति तथा नेतृत्व तहमा पुर्‍याउनुका साथै युवाको सहभागिता बढाउन आफूले भूमिका खेल्न चाहेको बताएका छन् । कलाकारिता र सामाजिक गतिविधिमा हासिल गरेको अनुभवलाई पार्टी संगठन तथा जनसेवामा जोड्ने उनको भनाइ छ ।

उनले शुक्रबार पेशागत विषयगत क्षेत्र खुलातर्फ क्रमसंख्या १४ मा मतदान गरी आफ्नो उम्मेदवारीलाई समर्थन गर्न महाधिवेशन प्रतिनिधिसमक्ष आग्रह गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours