प्रधानमन्त्री साहले प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिँदै

१० भाद्र, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्।

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १:०० बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूबाट सोधिने प्रश्नहरूको प्रधानमन्त्री साहले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री साहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) समेत प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनमा प्रस्तुत गर्नेछन्।

यसैबीच, आज संसद् अन्तर्गतका विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति र प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्ने तय भएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours