Advertisement

आईपीएलको उपाधि चेन्नईलाई

0 571

Advertisement

३० आश्विन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले चौथोपटक चेन्नईएलको उपाधि हात पारेको हो ।

चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि चेन्नईले सन् २०१० र २०११ को सिजन लगातार दुईपटक आईपीएलको उपाधि जितेको थियो ।

यता कोलकाता तेस्रो पटक उपाधि जित्ने योजनाबाट चुक्यो । कोलकाताले अन्तिमपटक सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि सन् २०१२ मा कोलकाताले आईपीएलको उपाधि जितेको थियो ।

फाइनल खेलमा चेन्नई सुपर किङ्सले दिएको १९३ रनको लक्ष्य कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनायो ।

कोलकाताका लागि शुभमन गिल र भेन्केटस यैरले अर्धशतकीय पारी खेले । गिलले ४३ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए । यैरले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए ।

त्यस्तै कोलकाताका लागि शिभम माभीले २० र लकी फग्युसनले १८ रन बनाए । बलिङतर्फ चेन्नईका लागि शार्दुल ढाकुरले तीन, हेजलहुडेले दुई, दीपक चहर र डोइन ब्राभोले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

चेन्नईका लागि फाफ डू प्लेसिसले ८६ रनको अर्धशतकीय परी खेले । ५९ बल खलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै मोहिन अलीले ३७ रन बनाउँदा रुतुराज गाइक्वाडले ३२ र रोविन उथपाले ३१ रनको योगदान गरे ।

बलिङतर्फ कोलकाताका लागि सुनिल नारायणले दुई विकेट लिए । त्यस्तै शिभम् माभीले एक विकेट लिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.