३० असार, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले आज रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना र खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो । गत साता नेपालीहरूलाई भुटानी नक्कली शरणार्थी बनाएर लैजाने प्रकरणको फैसला गरेको जिल्ला अदालतले आज सजाय निर्धारण गरेको हो ।


+ There are no comments
Add yours