३३ जना एसएसपीको सरुवा, काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए

१९ जेठ, काठमाडौँ । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

प्रहरीको मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ३३ जना एसएसपीहरूको सरुवा भएको हो । यो सँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरमा तुलबहादुर कार्कीको सरुवा भएको छ भने जिल्ला प्रहरी परिसर काठमाडौंमा दिलिप घिमिरेको सरुवा भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours