जेनजी अभियन्ता निकोलस भुसाल लगायत प्रहरीको नियन्त्रणमा

०७ पुस, काठमाडौँ । प्रहरीले जेनजी अभियन्ता निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ । माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनबाट भुसाल लगायत पक्राउ परेका छन् ।

काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायतका अभियन्ताहरू पक्राउ परेका हुन् ।

आज सो समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours