दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।
०६ मंसिर, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागका अनुसार, देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी र गण्डकीका हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राति कोशी र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ।


+ There are no comments
Add yours