थालभित्रको कथा : वालनट बिस्ट्रोले सिकाउँदैछ ‘खानाको संस्कार’

२२ कार्तिक, काठमाडौँ । एउटा राम्रो रेस्टुरेण्ट सञ्चालन गर्न धेरैका लागि सपना हुन्छ। तर सपनालाई चुम्न र भेट्न भने सजिलो छैन। किनभने त्यहाँ ग्राहकको रोजाइको खाना तथा स्वाद पस्कनु पर्छ। त्यसैले पनि होला हिजोआज रेष्टुरेण्टको खोजीमा खानाका पारखीहरू सहरका चोक तथा गल्लीमा भेटिन्छन्।

अझ भने जस्तो स्वादिष्ट परिकार, आत्मीय वातावरण, आतिथ्य, सफा र स्वच्छ वातावरणको रेष्टुरेण्ट भेटिनु पनि उतिकै चुनौती बनेको छ। यी सबै गुणहरूलाई आत्मसात् गर्दै वालनट बिष्ट्रोले आफ्नो मौलिकता बोकेर रेष्टुरेण्टलाई जीवन्त बनाइरहेको छ।

काठमाडौंको मध्यभाग पानीपोखरीमा अवस्थित वालनट बिस्ट्रो अहिले केवल एउटा रेष्टुरेण्ट होइन। खानाका पारखीका लागि पुरानै अनुभव बनिसकेको छ भन्दा फरक नपर्ला। सन् २०१९ मा आकाश पौडेल र बिष्णु भण्डारीले सञ्चालनमा ल्याएको यो विष्ट्रोले खानाको स्वाद तथा आतिथ्यमा नौलो आयाम थपेको छ भन्दा फरक नपर्ला।

आकाश पौडेल तिनै हुन्, फिल्म कथा ७२ र ऐना झ्याल पुतलीका स्रष्टा- वालनट बिष्ट्रोका सीईओ र म्यानेजिङ डायरेक्टर। उनका लागि चलचित्र र रेस्टुराँबीचको सम्बन्ध निकै रोचक छ।

‘रेस्टुराँ पनि एउटा चलचित्रजस्तै हो,’ आकाश भन्छन्, ‘जहाँ अतिथि, खाना, वातावरण, सरसफाइ र गुणस्तर सबैले मिलेर बनेको हुन्छ।‘

सबैका अनुहार भाव झल्कने हुनाले पनि यसलाई चलचित्र भन्न उनी रुचाउँछन्। उनले यो दर्शन बेलायतमा विकास गरेका हुन्। उनले महसुस गरे ‘रेस्टुराँ केवल खाने ठाउँ होइन, जीवनका खुसी र पीडा बाँड्ने स्थल हो।’

हृदयबाट निस्किएको आतिथ्यलाई मात्र आतिथ्य मान्छन्। आकाश भन्छन्, ‘मानिसहरू अनुभव खोज्ने प्राणी हुन्। हामीले त्यसलाई ‘निःस्वार्थ आतिथ्य’ भनिरहेका छौँ।’

उनले हस्पिटालिटी विज्ञान नभइ हृदय भएको धारणा व्यक्त गरे। आमाको जस्तै माया सन्तानलाई र हामीले पनि त्यस्तै माया ग्राहकलाई दिने गरेको उनले प्रस्ट पारे।

उनका अनुसार वालनट परिवारको आत्मा यसको टीम हो। विश्वास र योग्यताका आधारमा सञ्चालनको जिम्मा जनरल म्यानेजर राकेश डंगोलले लिएका छन्। करिब १५ वर्षको अनुभव सम्हालेका राकेशले र्‍याडिसन होटल, लिटिल ल्याम्ब रेष्टुरेण्ट र सोफ्टेल पाल्म दुबई जस्ता प्रतिष्ठित होटलमा काम गरिसकेका छन्।

‘अमेरिकी विवाहमा जस्तो बेस्ट म्यान हुन्छ, मेरो जीवनमा त्यो व्यक्ति राकेश हुन्, उनले अगाडि थपे। राकेशले आकाशलाई रणनीति, ब्रान्डिङ र मार्केटिङको काममा सहयोग गर्छन्। ‘हामीले भविष्यमा सँगै नयाँ प्रोजेक्टहरू सुरु गर्ने योजना बनाएका छौं,’ आकाशले योजना सुनाए।

त्यस्तै, वालनट बिष्ट्रोको पाककला आत्मा हुन्—एक्जिक्युटिभ शेफ कृष्ण डंगोल। २५ वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभव (दक्षिण कोरिया, पबेबरा होटल, होटल कुटुम्बसहितका कृष्ण सर केवल अनुभवी मात्र होइनन्, सिर्जनात्मक पाक–कलाकार पनि हुन्।

उनी प्रत्येक थालीलाई एउटा कथा बनाएर आफ्ना पाहुनालाई पस्कन्छन्।

‘राकेश र कृष्णको सबैभन्दा ठूलो शक्ति के हो भने उनीहरूले खाना र व्यवसायलाई ‘आत्माबाट’ बुझ्छन्,’ आकाशले अगाडि थपे। उनले वालनटको वातावरणलाई देखाउँदै यहाँका सुपरभाइजरलगायत अन्त कर्मचारीसमेत एउटै दर्शनमा बाँधिएका छन्।

‘मेरो कर्तव्य हो-मेरो टिमलाई खुशी राख्नु। उनीहरूको कर्तव्य हो—ग्राहकलाई खुशी राख्नु। जब ग्राहक खुशी हुन्छन्, तब सबैको सफलता सुनिश्चित हुन्छ,’ उनले भने।

एउटा संस्कृति, एउटा भावना वालनट बिष्ट्रो अब केवल रेस्टुरेण्ट मात्र रहेन। यसले खानाको सर्भ कसरी गर्ने त्यस संस्कृतिको विकास गर्दैछ। यसले खाना अनुभव, र स्वच्छताको संस्कारले काठमाडौंको भोजन संस्कृतिमा परिवर्तन गरेको उनी दाबी गर्छन्।

खानालाई पैसासँग तुलना नगरी पाहुनाको भावनासँग जोडिएको उनले बताए। वालनट बिष्ट्रोले भोजन संस्कृतिको विजारोपण गरेको उनको बुझाइ छ।

वालनट बिष्ट्रो हृदयमा नभइ केएउटा भावना बनिसकेको उनको ठहर छ। वालनट बिष्ट्रो केवल खाने ठाउँ नभइ संस्कृति सिकाउने धरोहरको रुपमा विकास भइरहेको आकाशको बुझाइ छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours