सामसङले ग्यालेक्सी एस२६ को लन्च स्थगित गर्ने सम्भावना

०३ कार्तिक, काठमाडौँ। सामसङले विकास समस्याहरूको कारणले गर्दा आफ्नो सम्पूर्ण ग्यालेक्सी एस२६ सिरिजको लन्चमा ढिलाइ गर्न सक्ने उल्लेख गरिएको छ।

ग्यालेक्सी एस२६ एज रद्द गरेको हल्ला पछि अब कम्पनीको फ्ल्यागशिप स्मार्टफोनहरूको लन्च स्थगित गर्ने सम्भावना रहेको भन्ने जानकारी बाहिरिएको छ।

आधार ग्यालेक्सी एस२६ मोडेलको विकासमा समस्याहरूले सामसङलाई आफ्नो अर्को फ्ल्यागशिप डिभाइसहरूको लन्च दुई महिना ढिलाइ गर्न बाध्य पार्न सक्ने रिपोर्ट गरिएको छ।

ग्यालेक्सी एस२६ विकास गर्दा सामसङले कुन विशेष समस्याहरूको सामना गरिरहेको छ भन्ने कुरा स्पष्ट नपारिनुका साथै डिभाइसको विकास र डिजाइन अझै पूर्ण नभएको उल्लेख गरिएको छ।

सामसङले ग्यालेक्सी एस२६ को बारेमा कुनै आधिकारिक विवरण साझा नगरे पनि कम्पनीको नयाँ फ्ल्यागशिप फोनहरूको घोषणा र लन्चमा हुने ढिलाइले प्रश्नहरू उठ्ने उल्लेख गरिएको छ।

त्यसैगरी यसले कम्पनीलाई कल्पना गरेको भन्दा ठूलो समस्यामा पर्न सक्ने थप उल्लेख गरिएको छ। साथै अन्तमा नयाँ डिभाइसहरू कति राम्रो हुनेछन् भन्ने महत्त्वपूर्ण कुरा भएको टेलिग्राफ रिपोर्ट गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours