२९ असाेज, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनले यति विकराल रूप लिन्छ भन्ने थाहा नभएको बताएका छन्। केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले घटना रोक्न आफ्नो मात्रै जिम्मेवारी नभएको बताए।
“साथीहरूले यत्रो घटना हुँदा पनि कस्तो थाहा नपाएको भन्नु हुन्छ। तर त्यसैदिन यस्तो स्तरमा पुग्छ भन्ने थाहा थिएन। प्रयास पहिलेदेखि हुँदै आएको थियो। यसपटक विभिन्न कारणले रोक्न सकिएन,” ओली भने।
ओली उक्त घटनाको जिम्मेवारी लिनबाट भने पन्छिए। “अध्यक्ष एक्लैले हनुमान गदाहा लिएर सबैलाई ठेगान लगाउने होइन होला। त्यस प्रकारको तयारी अवस्थामा हामी थिएनौँ। अब त्यस प्रकारको घटना रोक्ने गरी पार्टी बनाउनुपर्छ। यस्ता कुनै पनि कुराका लागि तयारी अवस्थामा बस्ने। त्यसका लागि तयारी गर्ने अबको आवश्यकता त्यो हो,” ओलीले भने।
उनले राज्य संयन्त्रले सजिलै रोक्न सक्ने स्थिति भए पनि नरोकिएको बताए। २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनले ओली सत्ताच्यूत भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बसेको हो। https://nepalnews.com/2025/10/15/didnt-know-that-an-incident-of-that-level-would-happen-on-23-and-24-bhadra-oli/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news


+ There are no comments
Add yours