टिओबी समूहमाथि प्रहरीकाे अनुसन्धान जारी

२८ असाेज, काठमाडौँ । नवयुवा (जेनजी) ले गत भदौ २३ र २४ गते गरेको आन्दोलनमा तिब्बत ओरिजिनल ब्लड (टिओबी) ले गरेको शङ्कास्पद गतिविधिबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरीपरिसर काठमाडौँले टिओबी समूहका तेन्जेन दावालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

सामाजिक सञ्जालमा यत्रतत्र भएको एक भिडियोमा दावाले पेस्तोल बोकेको देखिन्छ । परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले दावामाथि जिल्ला अदालत काठमाडौँबाट छ दिनको म्याद थपेर अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीले दावाको साथबाट भिडियोमा देखिएको पेस्तोल बरामद गरेको र उक्त पेस्तोल नक्कली रहेको जनाएको छ ।

काठमाडौँको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भिडियो जेनजी आन्दोलन बेलाको नरहेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पेस्तोल बोकेको व्यक्ति तेन्जेन दावा रहेको र उक्त भिडियो करिब एक वर्ष पुरानो रहेको खुलेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours