दसैँमा जुम्लाबाट १० करोडको खसी तथा भेडाको कारोबार

२१ असोज, जुम्ला । यस वर्षको दसैँको अवधिमा करिब रु १० करोड बराबरको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोकार भएको हो ।

चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावतले भने, “तीमध्ये स्थानीय भेडा रु नौ करोड ३४ लाख ८८ हजार, खसी ३७ लाख ४० हजार खरिद बिक्री भएको हो । जिल्लाभर करिब रु दुई करोड अन्य भेडा बिक्री भएको अनुमान गरिएको छ । यस्तै, नगरपालिका क्षेत्रबाट रु २६ लाख ७७ हजारको राँगो, भैँसी खरिद बिक्री भएको छ ।”

यस वर्ष दसैँका लागि मात्र पाँच हजार ८४३ भेडा, २५६ खसी र ६३ राँगो खरिद बिक्री भएको बिक्री भएको तथ्याङ्क छ । दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य रु २३ हजार, न्यूनतम मूल्य रु नौ हजार र औसत मूल्य रु १६ हजार तोकिएको पशुपन्छी विकास शाखा प्रमुख रावतले बताए ।

खसीको अधिकतम मूल्य रु २२ हजार, न्यूनतम मूल्य रु आठ हजार, औसत मूल्य रु १५ हजार रहेको छ । यस्तै, राँगोभैँसीको अधिकतम मूल्य रु ६१ हजार, न्यूनतम मूल्य रु २४ हजार र औसत मू्ल्य रु ४२ हजार ५०० रहेको छ ।

यहाँ मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा र राँगोभैँसी ल्याइएको थियो । गत वर्षको दसैँमा रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका नगरपालिकाले जनाएको छ । गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औषत रूपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारीले बताएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours