त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

१९ असोज, काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु गरिएको छ । भारी वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक उडान आइतबार बिहानदेखि नै सुरु भएको हो।

विमानस्थल कार्यालयका अनुसार केही गन्तव्यका उडान आइतबार बिहानै भइसकेका छन्।

पोखरा, सुर्खेत, नेपालगञ्ज, भद्रपुर, धनगढी लगायतका गन्तव्यका उडान सुरु भइसकेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours