१७ असाेज, काठमाडौँ । दसैँ, तिहार र छठमा यात्रुको चाप बढ्ने अनुमानसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानकाे अधिकतम भाडादर सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार यात्रुबाट तोकिएको भन्दा बढी भाडा असुले कानूनी कारबाही हुनेछ। वायु सेवा कम्पनीलाई यात्रीलाई सहज र पारदर्शी रूपमा टिकट उपलब्ध गराउन निर्देशन दिइएको छ।
यस वर्षको दसैँको टीकाको दिन (असोज १६) बाट लागू हुने अधिकतम भाडादर यस्तो छः
काठमाडौँ–विराटनगर : रु. ९,७८५
काठमाडौँ–भरतपुर : रु. ४,६४३
काठमाडौँ–भद्रपुर : रु. १२,११२
काठमाडौँ–जनकपुर : रु. ५,४७०
काठमाडौँ–पोखरा : रु. ६,६३५
काठमाडौँ–नेपालगञ्ज : रु. १३,१०३
काठमाडौँ–धनगढी : रु. १७,५७९ (सबैभन्दा बढी)
काठमाडौँ–सिमरा : रु. ३,९७८ (सबैभन्दा कम)
काठमाडौँ–भैरहवा : रु. ८,४६१
काठमाडौँ–राजविराज : रु. ८,२१०
काठमाडौँ–सुर्खेत : रु. ९,०३०
काठमाडौँ–तुम्लिङटार : रु. ७,६३०
प्राधिकरणले उत्सवको समयमा यात्रुको भीडलाई ध्यानमा राख्दै तोकिएको सीमा भन्दा बढी भाडा असुल्ने गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।


+ There are no comments
Add yours