दसैँ सुरु भएसँगै गाउँबस्तीमा चहलपहल बाक्लियो

०९ असाेज, काठमाडौँ । दसैँ, तिहार मनाउन हुम्लाका स्थानीय दैनिक भित्रिन थालेपछि खाली हुँदै गएका गाउँबस्ती यतिबेला भने भरिन थालेका छन्।

हुम्ला- रोजगारीका सिलसिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन्। दसैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ।

दसैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्लाका स्थानीय दैनिक भित्रिन थालेपछि बर्खाका समयमा खाली हुँदै गएका गाउँबस्ती यतिबेला भने भरिन थालेका छन्। रोजगारीको सिलसिलामा जिल्लाबाहिर रहेका मात्रै नभएर अध्ययनका लागि काठमाडौं, पोखरा, सुर्खेत, नेपालगञ्जलगायतका सहरमा रहेका विद्यार्थीसमेत दसैँ मनाउन घर आएका कारण यतिबेला विभिन्न वस्तिमा चहलपहल बढेको छ।

यस वर्ष जिल्लामा सडक पुगेपछि दसैँमा घर आउनेको सङ्ख्या पहिलेभन्दा झन् बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शंकर पोखरेलले बताए। कुबाडी प्रहरी चौकीलाई उद्धृत गर्दै यस वर्षको विगतको दसैँभन्दा हुम्ला आउने सवारीसाधनको सङ्ख्यामा वृद्धि भएको उनले बताए।

गत वर्षमा केही मात्रामा मात्रै आउने गरेको भएपनि अहिले सडक आएपछि दसैँको फूलपाती अगाडि नै गाउँ भरिभराउ हुन थालेका छन्। सहर खाली हुँदै गएपछि गाउँघर रमाइलो देखिनुका साथै भरिभराउन हुँदै आएका छन्। यतिबेला गाउँघरमा सबैको जमघट हुनुका साथै दसैँ, तिहारजस्ता पर्वले पारिवारिक एक किसिमको सौहार्द वातावरण सिर्जना गरेको राजबहादुर भण्डारीले बताए।

उतिबेला जिल्लाको सदरमुकाम सिमकोटसमेतमा मानिसको चहलपहलसमेत बिस्तारै घट्दै गएको छ। काम, अध्ययन र रोजगारीलगायतका सिलसिलामा सिमकोट बसेका नागरीक दसैँ मनाउन गाउँ जान थालेपछि सदरमुकाममा मानिसको चहलपहल घट्दै जान थालेको हो।

गाउँमा रहेको व्यरोजगारीले प्रदेसिन बाध्य हुने गरेको भए पनि दसैँ तिहारलगायतका चाँडपर्वमा आफू सधैँ घर फर्किने गरेको अदानचुली गाउँपालिकाका स्थानीय चामुण्डा रोकायाले सुनाए।

गाउँमा रोजगारीको अवसर नमिल्दा हुम्लाका अधिकांश बेरोजगार युवा बर्खाको खेतीपाती सकाएर दसैँ खर्चको जोहो गर्न माथिल्लो हुम्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका युवा चीनको ताक्लाकोटमा जाने गर्दछन् भने तल्लो हुम्लाको सर्केगाड, ताँजकोट, अदानचुली, चङ्खेली गाउँपालिकाका प्रायजसो युवा भारतमा जाने गर्छन्।

कात्तिक-मङ्सिरमा उवा, गहुँ, जौ र असारमा कोदो, चिनो, आलु, मकै, धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि कामको खोजीमा छिमेकी देशमा कामको खोजीमा जाने गर्छन्।

जिल्लाका नागरीक कामको खोजीमा अन्यत्र जानुपर्ने बाध्यता जस्तै बनेको छ। यहाँका स्थानीयको यो बाध्यता अहिले नभइ पहिलेका पुस्तादेखि नै चलिआएको सिमकोट गाउँपालिका-१ का प्रेम भण्डारीले बताए। गाउँमै रोजगारी नहुनुका साथै कृषिप्रति युवाको आकर्षण घटेका कारण बढी जसो युवा ताक्लाकोट पुग्ने गर्दछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours