नख्खु कारागारबाट भागेका सञ्जय साह पक्राउ

२६ भदौ, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी सञ्जय साह पक्राउ परेका छन्। काभ्रेको मंगलटारबाट साह बिहीबार दिउँसो पक्राउ परेको काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले बताए।

जनकपुर बम विस्फोट घटनाका मुख्य नाइके साह बुधबार नख्खु कारागारबाट भागेका थिए। उनी विगत १२ वर्षदेखि सजाय काटिरहेका थिए।

ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन्।

टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो। इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो।

उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ।

जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए। उनी १२ वर्षदेखि कारागारमा थिए। पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए।

१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए। अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours