०३ भदाै, काठमाडौँ । यसपालिको नाडाअटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूले ६ दिन सम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन्।
यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने भएका छन्।
चारै मोडेलहरूमा आकर्षक छुट दिइएको छ, जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनी मै सार्वजनिक हुनेछन्। टीएम१ को मूल्य ३३ लाख ७४ हजार बाट घटाएर २६ लाख ९९ हजार गरिएको छ।
त्यस्तै, माउन्टेन ईभी र सोकोनईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन्। फोटोन टुनल्यान्ड पिकअपले आकर्षक छुटको घोषणा अगाडि नै वा स्टलमा गर्ने आयोजकले जनाएको छ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस र क्यासलेस इन्स्योरेन्सग्यारेन्टीका साथ प्राप्त हुनेछ।
साथै, खरिदप्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसले गर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडी लिन सक्ने छन्।
यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोनटुनल्यान्डपिक अप किन्नेलाई ट्राङक्विलिटीस्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँको शपिंग कुपन, साथै ३ वर्ष सम्म पार्ट्स सहितको प्रिभेन्टिभमेनटेनेन्स सर्भिस (पीएमएस) सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ।
माउन्टेन ईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पार्ट्ससहित ५ पटकसम्म निस्शुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ।सोकोन ईभी भ्यानले पनि हरेक खरिदमा आकर्षक छुट सँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ।
यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने कम्पनीको दावी छ।
नाडा अटोशो २०२५ मा फोटोनको स्टल ए७ मा टुनल्यान्ड पिकअप, स्टल जे४ मा फोटोन माउन्टेन ईभी र टीएम१ र स्टल१६ जे६ मा सोकोन ईभी भ्यानको अवलोकन गर्न सकिने बताइएको छ।


+ There are no comments
Add yours