कम्प्युटर स्रोत संकेत चोरी गर्ने २ जना पक्राउ

२४ साउन, काठमाडाैं । कम्प्युटर स्रोत संकेत चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–१६ बालाजु बस्ने सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ घर भएका २६ वर्षीय सुजन कुमार महतो र ललितपुरको ललितपुर महानगरपालिका–४ धोबीघाट बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–४ घर भएका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।

सफ्टवेयर कम्पनीको स्रोत संकेतमा अनाधिकृत पहुँच पुर्‍याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने मनसाय लिएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई काठमाण्डु र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

उनीहरूउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाण्डुबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours