०९ साउन, काठमाडौं । आइतबार टप १० ब्रोकर कम्पनीमार्फत कुल ८ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिद हुँदा ९ अर्ब ७४ करोड रुपैयाँको बिक्री गरे ।
समग्रमा कुल कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत हो । यस दिन २६ अर्ब ५७ करोडको कारोबार भएको हो ।
टप १० ब्रोकरमध्ये ८ बाट बिक्री धेरै आएको छ भने दुई वटाबाट मात्रै खरिद बढी भएको छ । नासा, इम्पेरियल, सनी, डायनामिक, अनलाइन, त्रिशक्ति, आर्यतारा र एबीसीमार्फत खरिद बढी भएको छ । भिजन र दिपशिखामार्फत भने खरिद बढी भएको छ ।
यी टप १० ब्रोकरमार्फत आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर, ग्रिन भेन्चर्सजस्ता कम्पनी छन् ।
लगातार बढेको ८ कारोबार दिनपछि आज सेयर बजार घटेको हो । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १८.४४ अंक घटेको छ । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ ।


+ There are no comments
Add yours