भियतनाममा डुंगा दुर्घटना हुँदा ३४ जनाको मृत्यु

०४ साउन, काठमाडौं । भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता छन् ।

लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको हो । सो डुंगामा धेरैजसो हनोईबाट आएका भियतनामी नागरिक थिए ।

पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । उद्धारकर्ताले भारी वर्षाका कारण समस्या परिरहेको बताएका छन् ।

‘विफा’ नाम दिइएको तुफानले जनधनको क्षति भियतनाममा क्षति पुर्‍याएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours