चोरी भएका २० वटा दुई पाङग्रे सवारी साधन भेटिए

३० असार, काठमाडौं। काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट फरक फरक मितिमा चोरी भएका २० पटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल स्कुटर) भेटिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार भेटिएका उक्त सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालिगाँउ, काडाँघारी, कालिमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँ बसपार्क, बसुन्धारा र थली लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको प्रहरीको भनाइ छ ।

आज बुझाइएका २० वटा सहित एक महिनाको अवधिमा ४ सय ८० वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours