२७ असार, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।
आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३२ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो ।
आज शुक्रबार भने प्रतिकिलो १ सय ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।
जेठ दोस्रो साता अकबरे खुर्सानी प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भएको थियो भने वैशाख दोस्रो साता अकबरे खुर्सानीको भाउ ३ सय ७७ रुपैयाँसम्म पुगेको थियो ।


+ There are no comments
Add yours