बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

२५ असार, बागलुङ । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।

बुधबार बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले बताइन्। गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताइन् । बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका १ सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । ७ परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताइन् । बाढीबाट खोला किनारमा लगाइएको धानबाली उनि क्षति भएको छ उनले भनिन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours