सिटिजन्स सदाबहार योजनाका इकाइ खरिदका लागि आवेदन दिने म्याद थप

२४ असार, काठमाडौं। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सदाबहार योजनाका इकाइ खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ।

यस योजनाका गत असार १३ गतेबाट बिक्रीमा राखिएको थियो। यस योजनाका इकाइ निष्कासन बन्द छिटोमा असार १७ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, पर्याप्त आवेदन नपरेकोले निष्कासन अवधि असार २७ गते बैंकिङ समयसम्म थप गरिएको हो।

यस योजनाका १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनलाई सुरक्षित राखिएको छ। बाँकी ४ करोड २५ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

योजना व्यवस्थापक सिटिजन क्यापिटलका अनुसार लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतममा ५० लाख इका खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो शेयरबाट दिन सकिने कम्पनीले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours