१६ असार, काठमाडौं। मुक्तिनाथ क्यापिटल लिमिटेड र राईजिङ्ग हाइड्रोपावर प्रा.लि. बीच सम्झौता भएको छ । संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना काल देखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन (आइपिओ) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।
एक कार्यक्रमका बिच राईजिङ्ग हाइड्रोपावर प्रा.लि.का तर्फबाट अध्यक्ष शंकर बहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
संस्थागत परामर्श सेवा सहित आवश्यक पूँजी संरचना परिवर्तन परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य वमोजिम कार्य गर्न आवश्यक सहजिकरणको लागि सम्झौता गरिएको हो ।


+ There are no comments
Add yours