अब ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई पनि आईपीओ निष्काशनको अनुमति दिइने

०२ असाेज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले कम्पनीहरुको खुद सम्पत्ति (नेटवर्थ) को सीमा हटाउने भएको छ ।

लेखा समितिको निर्देशनलाई खारेज गर्दै संघीय संसदको अर्थ समितिले कम्पनीको नेटवर्थ ९० रुपैयाँ सीमा हटाउन र प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न निर्देशन दिएपछि बोर्डले उक्त सीमा हटाउने निर्णय गर्न लागेको हो ।

संघीय संसद्को सार्वजनिक लेखा समितिको निर्देशनमा धितोपत्र बोर्ड (सेबोन) ले नेटवर्थ ९० रुपैयाँ भन्दा कम हुने कम्पनीलाई आईपीओ निष्कासन रोकेको थियो । यो व्यवस्था विवादित बनेपछि धितोपत्र बोर्डले प्रिमियम र बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न बन्द गरेको थियो ।

त्यसैगरी, अनुमति मागेका कम्पनीमध्ये प्रचलित कानुनमा उल्लेखित सर्त पूरा भएको तर नेटवर्थको आधारमा आईपीओ निष्कासनका लागि अनुमति नदिइएका कम्पनीहरूको सूची पठाउन पनि समितिले निर्देशन दिइएको छ ।

अर्थ समितिले शुक्रबार धितोपत्र बोर्डलाई पत्राचार गरी नियमअनुसार आईपीओ खोल्न निर्देशन दिएको अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बताए । यद्यपी बोर्ड बैठक बसेर यस विषयमा निर्णय लिन बाँकी रहेको उनले बताए ।

सार्वजनिक लेखा समितिको २०८० पुस १२ गतेको निर्णय बमोजिम बोर्डले ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै आईपीओ निष्काशनको अनुमति दिँदै आएको थियो ।

नेटवर्थ ९० को सीमा लगाउँदा बोर्डको पाइपलाइन सबैभन्दा बढी जलविद्युत् कम्पनी परेका थिए । उक्त व्यवस्था हटेसँगै अब उक्त कम्पनीहरुले आइपिओ अनुमति पाउने भएका छन् ।

अर्थ समितिले पनि ९० भन्दा कम नेटवर्थ भएकालाई पनि आईपीओ अनुमति दिन निर्देशन दिइसकेकोले अब छिट्टै होल्ड भएको आइपिओले निष्काशन अनुमति पाउने कुरामा आफुहरु आशावादी रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का महासचिव बलराम खतिवडाले बताए ।

आईपीओबाट संकलन गर्ने योजनासहित परियोजना सुरु गरेका कम्पनीहरुलाई बोर्डको निर्णयले राहत पुग्ने उनको भनाइ छ ।

आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा पुगेका १४ कम्पनीलाई नेटवर्थ ९० रुपैयाँभन्दा कम भएकै कारण सूचीबाट हटाइएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours