संसदको गतिरोध अन्त्यका लागि सभामुखको प्रयास जारी

२५ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न प्रयास जारी राखेका छन् ।

सभामुख घिमिरेले बैठक तोकिएको समयभन्दा अघि सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रखुख सचेतकहरू छलफल गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले एमालेका प्रुमख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

यही जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन ।

प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोध गरेपछि संसद्‍को कारबाही अघि बढ्न सकेको छैन ।

संसद सुरु हुन नसकेपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।

आज प्रतिनिधि सभा बैठक १ बजेका लागि तय गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours