पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ करोड ५८ लाख बिगो दाबी

२२ जेठ, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पतञ्जलीको जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपाल सहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

यस्तै, हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

पूर्वप्रधानमन्त्रीविरुद्धको भ्रष्टाचारमा मुद्दा दायर भएको यो पहिलो पटक हो । यसअघि, ०३५ सालमा पूर्वप्रधानमन्त्री तुल्सी गिरीविरुद्ध पनि गलैँचा निर्यात काण्डमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । पछि उनले ०३७ सालमा सफाइ पाएका थिए ।

भ्रष्टाचार मुद्दा दायर हुनेहरुमा तत्कालीन कानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्त लगायत छन् ।

यसैगरी तत्कालीन सहसचिवहरु जितबहादुर थापा र लालमणि जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

यसैगरी तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी तत्कालीन शाखा अधिकृत सिताराम पोखरेल, तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की र तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार, केदारनाथ भट्टराई, खरिदार मोहनराम शर्मा, मालपोत अधिकृत जनार्दन गुरागाईं, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी, नायब सुब्बा विनोद कोइराला लगायत छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours