हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

१४ जेठ, काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सले ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । जेठ १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours