कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राखिने

०२ जेठ, काठमाडौं । अवकाश प्राप्त सरकारी कर्मचारीहरूको कुलिङ पिरियड २ वर्ष राखिने भएको छ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राख्न सरकार सहमत भएको बताएका हुन् ।

कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । जहाँ गृहमन्त्री लेखकले भनेका छन्, ‘कुलिङ पिरियड २ वर्ष राखेर जाऔं ।’

कानुन बनाउन वा संशोधन गर्न फेरि अर्को पटक केही समय लाग्ने र तत्काल संशोधन गर्ने कुरा पनि त्यति जायज नहुने भन्दै उनले कुलिङ पिरियड २ वर्ष राखेर जाने उनको प्रस्ताव छ । सरकार २ वर्ष कुलिङ पिरियड राख्न सहमत भएसँगै यो विषय अगाडि बढ्ने भएको समितिका एक सदस्यले बताए ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक जारी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours