स्टाफ कलेजले असल नेतृत्व निमार्ण गर्न भूमिका खेल्नेछ : गृहमन्त्री लेखक

२१ वैशाख, काठमाडौं । स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा राम्रो भूमिका खेल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

आइतबार पुलिस क्लब भृटुकटीमण्डमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै मन्त्री लेखकले उक्त विषय उल्लेख गरेका हुन् । ‘स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नका लागि भूमिका खेल्न सफल हुनेछ भन्ने विश्वास लिएको छ । यसको सफलताको शुभकामना छ । यो कोर्स लागू भएपछि ठूलो सकारात्मक परिवर्तन हुनेछ । यो आजको भोलि नै हुने कुरा होइन ५, १० वर्ष कुर्नु पर्ला’, मन्त्री लेखकले भने ।

स्टाफ कलेज लागु गर्ने विषयमा लामो मेहनत भएको बताउँदै यसअघि गृहको कमाण्ड गरेका मन्त्री तथा प्रहरी प्रमुख र नेतृत्वदायी भूमिका खेल्नेहरु सबैलाई मन्त्री लेखकले धन्यवाद ज्ञापन गरे ।

प्रहरीको इतिहासमा पहिलो पटक स्टाफ कलेस कोर्स लागु गरिएको छ । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागु गरिएको छ ।

जसमा पहिलो पटक स्टाफ कलेजको परीक्षामा १७ जना उत्तिर्ण भएका छन् । अब उनीहरु स्टाफ कलेज कोर्सको रुपमा अध्ययन गर्नेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours