एनआईसी एशिया क्यापिटलद्वारा गैर–आवासीय नेपाली र नेपाल बाहिर बसोबास गर्ने नेपालीलाई विशेष डायस्पोरा खाता संचालन

२६ फागुन, काठमाडौँ । धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन “अफर अर सेल” प्याटफम संचालनमा ल्याएको छ । एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गरेको हो ।

सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा एन आई सी एशिया क्यापिटलले “ वान स्टप सोलुसन” सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको हो ।

यस सेवा गैर–आवासीय नेपाली तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु यस एन आई सी एशिया क्यापिटल मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्ने विश्वास लिइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours