हुम्लाबाट ५ लाखको चिनियाँ मदिरा बरामद

१४ माघ, हुम्ला । नेपालको उत्तरी सीमा नाका हिल्साबाट अवैध रूपमा भित्र्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ ।

हुम्लाको सिमकोट गाउँपालिकास्थित कालिञ्चोक बजारको चोकबाट ५ लाख मूल्य बराबरको २९ बोरा ८७ कार्टुन चिनियाँ झिनिगिन्टी मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

८७ काटुनमा १ हजार ४४ बोतल मदिरा रहेको प्रहरीको भनाइ छ । नेपाल भित्र्याइएको चिनियाँ मदिरा प्रति बोतल ५ सय रुपैयाँका दरले बिक्री हुने गरेको पाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours