Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतीय अभिनेत्री कंगना रनौटविरुद्ध पक्राउ

0 496

१८ फाल्गुन, जेन्सी । भारतीय अभिनेत्री कंगना रनौटविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गीतकार जावेद अख्तरको मानहानि मुद्दामा अभिनेत्री कंगना रनौटविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

अंधेरी महानगर मजिस्ट्रेटको अदालतले बोलाए पनि कंगना सोमबार अदालतमा हाजिर नभएपछि मजिस्ट्रेट आरआर खानले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले उल्लेख गरेका छन्।

कंगनाका वकिल रिजवान सिद्दिकीले अदालतले कंगनामाथि जारी गरिएको आदेश कानुनी प्रक्रिया अनुसार नभएको बयान दिएका छन्। उनले भनेका छन्, ‘मजिस्ट्रेटले जुन प्रक्रिया अनुसरण गरेका छन्, त्यसलाई चुनौती दिएर मुम्बई हाइकोर्टमा याचिका दर्ता गराउनेछौँ।’

Subscribe to our newsletter

तर जावेद अख्तरका वकिल वृन्दा ग्रोवरले तर्क गर्दै भनेकी छन्, ‘यदि हाइकोर्टले पनि उक्त आदेशमाथि अन्तरिम आदेश नदिएमा कंगनाले अदालतमा पेश हुनै पर्छ।’

गत महिना मुम्बई प्रहरीले अदालतमा एउटा रिपोर्ट निकाल्यो जसमा कंगनाविरुद्ध मानहानीको दाबी गरिएको थियो। उक्त मानहानीको उजुरी जावेद अख्तरले गत वर्ष नोभेम्बरमा दर्ता गराएका थिए। उक्त मानहानट्ठको मुद्दामा कंगनाले अख्तरविरुद्ध आधारहीन बयान दिएको बताइएको थियो। जावेदले आफ्नो प्रतिष्ठामा आँच आएको उल्लेख गरेका थिए।

प्रहरीमा दिएको उक्त उजुरीपत्रमा जावेदले गत वर्ष जुनमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्‍युपछि बलिउडमा नातावाद र ‘ग्रुपिजम’ रहेको भन्‍दै कंगनाले आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका छन्। यस्तै जावेदले आफ्नो उजुरी पत्रमा कंगनाको उक्त आरोपले आफूले धेरै ठूलो नोक्सानी र मानहानी भएको बताएका छन्।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.