Advertisement

खसोग्गीको हत्या साउदी राजकुमारकै आदेशमा

0 315

Advertisement

१५ फागुन, एजेन्सी । अमेरिकामा निर्वासित जीवन बिताइरहेका साउदी अरबका लेखक एवं पत्रकार जमाल खसोग्गीको हत्या राजकुमारकै आदेशमा भएको अमेरिकाले जनाएको छ ।

अमेरिकाको गुप्तचर विभागले तयार पारेको प्रतिवेदनमा सन् २०१८ मा भएको खसोग्गीको हत्याका लागि राजकुमार मोहम्मद विन सलमानले अनुमति प्रदान गरेको उल्लेख छ ।

अमेरिकाका राष्ट्रपति जो बाईडेन प्रशासनले सार्वजनिक गरेको प्रतिवेदनमा राजकुमारले खसोग्गीलाई नियन्त्रणमा लिने वा हत्या गर्ने योजना स्वीकृत गरेको उल्लेख छ ।

यो घटनालाई लिएर अमेरिकाले साउदीका दर्जनौं अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको छ । तर, साउदी राजकुमार माथि भने प्रतिबन्ध लगाइएको छैन ।

साउदी अरबले सो प्रतिवेदन गलत र नकारात्मक भएको भन्दै अस्वीकार गरेको छ । राज्यको आगामी शासकका रुपमा हेरिएका राजकुमारले खसोग्गी हत्यामा आफ्नो कनै संलग्नता नरहेको बताउँदै आएका छन् ।

टर्कीको इस्तानबुलस्थित साउदीको कूटनीतिक नियोगमा गएका बेला खसोग्गीको हत्या भएको थियो ।कुनै समय साउदी सरकारको सल्लाहकार समेत रहेका खसोग्गी शाही परिवारसँग निकट थिए ।

तर, विभिन्न असन्तुष्टीका कारण त्यहाँबाट बाहिरिएका उनी सन् २०१७ मा अमेरिकामा स्वघोषित निर्वासनमा गएका थिए । त्यहाँ रहँदा उनले वासिङ्गटन पोष्टमा मासिक स्तम्भ लेख्दै आएका थिए । जसमा उनले राजकुमार मोहम्मदको नीति लगायतको आलोचना पनि गरेका थिए



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.