१३ मंसीर, काठमाडौं। अपाङ्गता भएका व्यक्तिहरूको कला, संस्कृति, सिर्जनशीलता तथा प्रतिभालाई उजागर, सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले युवा अपाङ्ग संगठन–नेपाल (Dayo Nepal) ले खुला सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ।
वि.सं. २०८३ मंसिर २६ गते शनिबार बिहान ११ बजे जोरपाटी, काठमाडौंमा हुने प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिहरूले गायन, नृत्य, सांस्कृतिक प्रस्तुति तथा अन्य सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्न सक्नेछन्।
संस्थाका अनुसार कार्यक्रमको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई सहायताका अपेक्षीका रूपमा मात्र नभई प्रतिभा, क्षमता र सिर्जनशीलताले सम्पन्न नागरिकका रूपमा स्थापित गर्नु, उनीहरूको आत्मविश्वास बढाउनु र सामाजिक सहभागिता तथा समान अवसर प्रवर्द्धन गर्नु हो।
अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, संरक्षण, पुनर्स्थापना, सीप विकास तथा सामाजिक समावेशीकरणका क्षेत्रमा विगत १८ वर्षदेखि सक्रिय संस्थाले वि.सं. २०७१ सालमा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा सम्मान समेत प्राप्त गरेको जनाएको छ।
“अपाङ्गता कमजोरी होइन, अवसर पाए प्रतिभा र क्षमताको पहिचान हो” भन्ने सन्देशसहित आयोजना हुने प्रतियोगितामा सहभागी हुन इच्छुक अपाङ्गता भएका व्यक्तिहरूले फोन वा इमेलमार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्।
कार्यक्रम विवरण
कार्यक्रम: अपाङ्गता भएका व्यक्तिहरूको खुला सांस्कृतिक प्रतियोगिता
मिति: २०८३ मंसिर २६ गते, शनिबार
समय: बिहान ११ बजे
स्थान: जोरपाटी, काठमाडौं
आयोजक: युवा अपाङ्ग संगठन–नेपाल (Dayo Nepal)
नाम दर्ता तथा थप जानकारी:
📞 ९८४११५६०४६ /9861769819 /9810006969 / ९८५१०९४५२४
✉️ [email protected]


+ There are no comments
Add yours