२१ भदाै, काठमाडौँ । बाढीका कारण प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति एफ वानसफ्ट ग्रुपले हार्दिक सहानुभूति व्यक्त गर्दै ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवान सफ्ट इन्टरनेसनल र इसेवा मनि ट्रान्सफर तथा ग्रुप कम्पनीका कर्मचारीको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल एक करोड ३५ लाख सहयोग प्रदान गरेको छ ।
कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको उक्त सहयोग बाढीबाट प्रभावितसँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले योगदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हालसम्म इसेवाका एक लाख २९ हजार १३ प्रयोगकर्ताले नौ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका आठ लाख ६२ हजार चार सय ४५ प्रयोगकर्ताले दुई अर्ब १९ करोड सहयोग गरेका छन् ।
फोनपेमार्फत् प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ । भारतबाट एनपिसिआई-इन्टिग्रेटेड पेमेन्टमार्फत् १९ हजार आठ सय ५८ प्रयोगकर्ताले चार करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत् दुई हजार नौसय ६५ प्रयोगकर्ताले एक करोड ६३ लाख सहयोग गरेका बताइएको छ ।


+ There are no comments
Add yours