को हुन् त्रिशूली-३ ‘ए’ को सुरूङबाट १० दिनपछि जीवितै उद्धार गरिएका दुई जना?

१९ भाद्र, काठमाडाैँ ।  त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङमा फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र सशस्त्र प्रहरीको आयोजनाको सुरूङबाट २ जनालाई शुक्रबार बिहान जीवितै उद्धार गरेको हो।

जीवित उद्धार गरिएकाहरूमा सप्तरीका सञ्जय शाह र कविर महर्जन छन्।

सञ्जय नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र कविर प्राधिकरणकै सुपरभाइजर हुन्।

भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको हो।

सुरूङमा फसेकाहरूको खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् ईन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान ९:२० बजेसम्म २ जनालाई सुरूङबाट जीवित उद्धार गरिएको हो।

उनीहरूलाई सेनाले घटनास्थलमै प्राथमिक उपचार गरी हेलिकप्टरमा काठमाडौं पठाइएको छ। सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours