१९ भाद्र, काठमाडाैँ । त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङमा फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको आयोजनाको सुरूङबाट २ जनालाई शुक्रबार बिहान जीवितै उद्धार गरेको हो।
जीवित उद्धार गरिएकाहरूमा सप्तरीका सञ्जय शाह र कविर महर्जन छन्।
सञ्जय नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र कविर प्राधिकरणकै सुपरभाइजर हुन्।
भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको हो।
सुरूङमा फसेकाहरूको खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् ईन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान ९:२० बजेसम्म २ जनालाई सुरूङबाट जीवित उद्धार गरिएको हो।
उनीहरूलाई सेनाले घटनास्थलमै प्राथमिक उपचार गरी हेलिकप्टरमा काठमाडौं पठाइएको छ। सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ।


+ There are no comments
Add yours