रूसमा युक्रेनी आक्रमण, एकैदिन खसाल्यो १८३ ओटा ड्रोन

०६ साउन, मस्को । रूसको बेल्गोरोद क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका युक्रेनी ड्रोन आक्रमणमा परी १० जनाको मृत्यु भएको र ७९ जना घाइते भएको क्षेत्रीय कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले बताएका छन् ।

क्षेत्रीय परिचालन मुख्यालयका अनुसार, बेल्गोरोद क्षेत्रका तीन जिल्लामा भएका आक्रमणमा एक सर्वसाधारणको मृत्यु भएको र दुई जना घाइते भएका छन् ।

गभर्नर शुभाएभका अनुसार पछिल्लो एक दिनमा उक्त क्षेत्रमा १८३ वटा ड्रोन खसालिएका छन् । सो अवधिमा युक्रेनले ‘मल्टिपल लन्च रकेट सिस्टम’ (एमएलआरएस) र तोपखानामार्फत सात पटक गोलाबारी गरेको तथा दुई पटक ड्रोनबाट विस्फोटक पदार्थ खसालेको उनले बताए ।

रूस–युक्रेन द्वन्द्वको पछिल्लो चरणमा बेल्गोरोद क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण बढ्दै गएको रूसी अधिकारीले बताएका छन् । स्थानीय अधिकारीको दैनिक विवरणअनुसार, गत साता मात्रै उक्त क्षेत्रमा प्रत्येक दिन ९० भन्दाबढी ड्रोन खसालिएको जनाइएको छ ।

यसैबीच रूसी रक्षा मन्त्रालयले मङ्गलबार बिहान जनाएअनुसार, रातभरि रूसका विभिन्न क्षेत्रमा २०९ ओटा युक्रेनी ड्रोन खसालिएका छन् । मन्त्रालयले भने उक्त घटनाबाट भएको सम्भावित क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours