सप्तकोसीको बहाव बढेपछि ब्यारेजमा रातो बत्ती

३० असार, काठमाडौँ । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ। नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोसी ब्यारेजका ढोकाहरू खोल्न थालिएको छ।

अहिले कोसी ब्यारेजमा पानीको बहाव १ लाख ७२ हजार ४ सय ३२ क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बताए। बहाव बढेपछि ब्यारेजका ५२ वटा मुल र दुई वटा नहरका गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको छ।

पानीको बहाव लगातार बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजमा अहिले खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ। नदीको सतह बढेपछि खतराको सङ्केतस्वरूप रातो झण्डा समेत फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours