एम्बाप्पेले कायम गरे अर्को विश्व रेकर्ड, ‘गोल्डेन बुट’को दौडमा मेसीलाई उछिने

०३ साउन, काठमाडाैँ । जारी विश्वकपको हालसम्मका खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पे सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।आज बिहान फिफा विश्वकप-२०२६ को अन्तिम खेल खेलेका एम्बाप्पेले आफ्नो गोल संख्या १० पुर्याएका छन्। उनले आजको खेलमा इंग्ल्यान्डविरुद्ध २ गोल गरे।

खेलमा फ्रान्सलाई ४-६ ले पराजित गर्दै इंग्ल्यान्डलो तेस्रो स्थान हासिल गरेको छ। आजको २ गोलसँगै एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेर कीर्तिमान बनाएका छन्।

उनले जारी विश्वकपमा मात्रै गोल संख्या १० पुर्याएर अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई उछिनेका छन्। मेसीले जारी विश्वकपमा ८ गोल मात्रै गरेका छन्। उनले अब स्पेनविरुद्ध फाइनल खेल खेल्न बाँकी छ।

एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका छन्। योसँगै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा एम्बाप्पे मेसीभन्दा अघि आएका हुन्। मेसीले अहिलेसम्म २१ गोल मात्रै गर्न सकेका छन्। उनले अब जारी विश्वकपको फाइनल खेल खेल्न बाँकी छ।

आजको २ गोलसँगै एम्बाप्पेले ‘गोल्डेन बुट’को दौडमा पनि मेसीलाई पछि पारेका छन्। विश्वकपमा खेलाडीहरूबीच व्यक्तिगत अवार्डको रुपमा रहने ‘गोल्डेन बुट’ (सुनको जुत्ता)को लागि पनि तिव्र प्रतिस्पर्धा हुन्छ।

प्रतियोगितामा जुन खेलाडीले बढी गोल गर्छ, उसैले ‘गोल्डेन बुट’ हात पार्छ। सन् २०२२ को विश्वकपमा एम्बाप्पेले गोल्डेन बुट जितेका थिए। यसपटक पनि उनले आफूलाई गोल्डेन बुटको सबैभन्दा बलियो दाबेदारको रुपमा उभ्याएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours