बक्सर खेलाडी दीपक कोइरालासँग मुख्य भूमिकामा सम्भौता

खेलाडीको संघर्षमय जीवनमा आधारित नयाँ चलचित्र

२१ जेठ, काठमाडौँ। चर्चित कलाकार दीपक कोइरालाले नयाँ चलचित्रमामुख्य भूमिका निभाउने भएका छन्। खेलकुद जगतका खेलाडीको जीवन, संघर्ष, मेहनत, हारजितसँगै आत्मविश्वास र समर्पणको कथामा आधारित यो फिल्ममा दीपक मुख्य पात्रकोरूपमा देखिनेछन् ।

दीपक एस फिल्ममा बक्सिङ खेलाडीको भूमिकामा देखा पर्नेछन्। जसको जीवन संघर्ष, प्रशिक्षणको कठिनाइ, पारिवारिक जिम्मेवारी, आर्थिक अभाव, चोट र हारसँग लड्दै विश्वस्तरको सफलता हासिलगर्ने लक्ष्य र संघर्षलाई कथामा उतारिएको छ। खेल मैदान भित्रको ग्लोरी मात्र होइन, त्यसको पछाडि रहेको पिडा, त्याग र संकल्पलाई यो फिल्मले संवेदनशील ढंगले प्रस्तुत गर्नेछ ।

व्यानर : भ्याराईटी मुभिज मेकर्सको प्रस्तुती, एशाेसिएटेड विथ बगोले फिल्मस
लेखन तथा निर्देशन : जगदीश्वर थापा
मुख्य भूमिका : दीपक कोइराला
विषयवस्तु : खेलाडीको जीवन र संधर्ष
विधा : खेलकुद ड्रामा

लेखन तथा निर्देशनको जिम्मेवारी जगदीश्वर थापाले सम्हालेका छन् । यो फिल्म प्रेरणादायी, यथार्थपरक र भावनात्मक यात्राका रूपमा दर्शकमाझ आउनेछ। फिल्मको छायांकन चाँडे सुरू हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।

अन्य कलाकारहरूमा दिक्पाल कार्की, सोना अमात्य, रूपा मानन्धर, राजेन्द्र तिवारी, ओशिका दाहाल रहेका छन् भने विशेष भूमिकामा प्रमोद अग्रहरी पनि रहेका छन् । सिनेमामा सङ्गीत शशी विक्रम थापाको रहेको छ भने छायाँकनको जिम्मेवारी कृष्ण श्रेष्ठले सम्हाल्ने छन्।

भेराइटी मुभी मेकर्स र बगाले फिल्मस् सँगको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन चाँडै सुरू हुने तयारीमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours