गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि ३५ जनाको आवेदन

१९ जेठ, काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ ७ गते जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको अवधिभित्र ३५ जनाले आवेदन दिएका हुन् ।

छनोट प्रक्रियाअनुसार, अब आवेदकहरूले आफ्नो कार्य योजना प्रस्तुत गर्नुपर्नेछ । उम्मेदवारहरूको कार्य योजना र प्रस्तुतीकरणको मूल्याङ्कनका आधारमा छनोट समितिले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । ती सिफारिस भएका नाममध्येबाट एक जनालाई महाप्रबन्धक पदमा नियुक्त गरिनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours