गुगलले अमेरिका बाहिर आफ्नो पहिलो भौतिक स्टोर खोल्दै

१९ जेठ, काठमाडौं । गुगलले अमेरिका बाहिर आफ्नो पहिलो भौतिक स्टोर खोल्ने घोषणा गरेको छ। कम्पनीले यो स्टोर जापानको टोकियोको ओमोटेसान्डोमा विशेष गरी टोक्यु प्लाजाको ओमोकाडोको पहिलो तल्लामा खोल्ने घोषणा गरेको छ।

स्टोरमा पिक्सेल डिभाइसहरू, नेस्ट प्रोडक्टहरू, फिटबिट डिभाइसहरूका साथै एक्सेसरिहरू बिक्री गरिने छ भने “नवीनतम एआई अनुभवहरू” पनि प्रदान गरिने बताइएको छ। त्यसैगरी, स्टोरले जापानमा गुगलको अनलाइन स्टोरबाट गरिएका अर्डरहरूको लागि पिक–अप पोइन्टको रूपमा काम गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

उक्त स्टोरमा गुगल प्रोडक्ट (उत्पादन) हरूको समस्या निवारणमा मद्दत गर्न समर्पित कर्मचारीहरू उपलब्ध हुनेछन्। साइटमा पिक्सेल मर्मतहरू पनि प्रदान गरिनुका साथै प्रारम्भिक सेटअप मद्दत पनि प्रदान गरिनेछ।

कम्पनीले पहिलो पटक अमेरिका बाहिर जापानमा विदेशी कार्यालय स्थापना गरेको हुनाले गुगलको लागि जापान महत्त्वपूर्ण ठाउँ भएको उल्लेख गरिएको छ। साथै धेरै वर्षदेखि कम्पनीलाई समर्थन गरेको हुनाले गुगल आफ्ना जापानी ग्राहकहरूप्रति धेरै आभारी भएको बताएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours